पहिलो खेलमा नेपाल भारतसँग ४० रनले पराजित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पहिलो खेलमा नेपाल भारतसँग ४० रनले पराजित



काठमाडौं । भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल यू- १९ टिम भारतको यू- १९ ‘बि’ सँग ४० रनले पराजित भएको छ ।

टस जितेर बलिङ रोजेको नेपाल १६२ रनको लक्ष्य पछ्याएको थियो । नेपाल पूरा ओभर खेल्न नपाउँदै अल आउट भयो । उसले सबै विकेट गुमाउँदा १२१ रन मात्र बटुल्न सक्यो । नेपालका लागि कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।

नेपालले ब्याटिङमा खराब प्रदर्शन गरे पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । लखनउको एकाना स्टेडियम ‘बि’ मैदानमा जारि खेलमा पहिलो इनिंङमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो ।

नेपालको लागि कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट, अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए।