एक नेपाली युवाले आफ्नो पहिचान १० लाखमा लिलाम गर्दै - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

एक नेपाली युवाले आफ्नो पहिचान १० लाखमा लिलाम गर्दै



विदेशतिर युवती या युवकहरुले आफ्नो कुमारित्व लिलामीमा राखेको समाचार यदाकदा सुन्नमा आउँछ ।

तर नेपालमा भने एकजना युवकले आफ्नो सम्पूर्ण पहिचान नै लिलामीमा राखेका छन् । उनको नाम हो शिव । ती युवाले अनलाईनमा विज्ञापन राख्दै आफूलाई १० लाख रुपैयाँमा बिक्री गर्ने घोषणा गरेका हुन ।

नेपालमा अनलाईन हाम्रोबजार डटकममा विज्ञापन गर्दै ती युवाले आफू को हो ? के हो ? लगायतका सबै कुरा लिलामीमा राख्न खोजेको जनाएका छन् ।

उनले आफ्नो नागरिकता, पासपोर्ट, भिसालगायत सबै कुरा लिलामी गर्न खोजेको उल्लेख गरेका छन् ।

अप्रैल ९ तारिखमा विज्ञापन आइडी १३५३८९२ बाट पोष्ट गरेका ती युवा उक्त अनलाईनमा ११ जुन २०१६ देखि सदस्य रहेका छन् ।

उनको विज्ञापनमाथि एकजनाले कमेन्ट गरेको देखिन्छ । त्यसमाथि प्रत्युत्तर दिँदै ती युवाले आफूलाई अपरेशनका लागि पैसा चाहेको उल्लेख गरेका छन् ।

विज्ञापनमा सम्पर्कको माध्यम भने इमेल दिइएको छ ।