पहलमानसिंह मेमोरियल माध्यमिक विद्यालयको ३३औं वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पहलमानसिंह मेमोरियल माध्यमिक विद्यालयको ३३औं वार्षिक उत्सव सम्पन्न



सुखड ,कैलाली ।। कैलालीको घोडाघोडी नगरपालीका- ११ आम्वासा मा रहेको पहलमानसिंह मेमोरियल माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी इस्वरी स्वारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालीकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अतिमा रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा घोडाघोडी नगरापालीकाका विद्यालय निरिक्षक उमेस राज रेग्मी , घोडाघोडी नगरपालीका का स्रोत व्यक्ति राज किसोरलाल कर्ण र सामुदायि वन संमन्वय समितिका अध्यक्ष पुस्कल वम रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन वाट वोल्दै घोडाघोडी नगरपालीकाका नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडी नगरपालीका शैक्षीक स्तरमा कैलाली जिल्लाको तेस्रो स्थानिय तहको रुपमा रहेको वताउदै अव यस नगरपालीकालाई शैक्षिक केन्द्रको रुपमा विकास गरिने वताउनु भएको छ । त्यस्तै चौधरीले शैक्षीक क्षेत्रको विकासको लागी यस क्षेत्रका शैक्षीक क्षेत्रमा अग्रसर व्यक्तिहरु वीच अन्तरक्रिया तथा छलफल गरि आगामी शैक्षीक रणनिति वनाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिका भित्र अव कुनै पनि टिउसन सेन्टर नरहेर सम्पुर्ण शैक्षीक क्रियाकलापहरु विद्यालयमै हुनुपर्ने व्यवस्था गरिने वताउनु भयो । कार्यक्रममा विद्यालय स्थापनामा महत्वपुर्ण भुमिका निभाएका स्वर्गीय पहलमानसिह स्वार र तारामान स्वारको सालिकमा माला अर्पण समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यार्थिहरुका विविध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।