यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच पुस्तक - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच पुस्तक



पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ।

उत्कृष्ट पाँचमा नवराज लम्सालको अग्नि‚ केशवराज ज्ञवालीको अर्को भोर‚ उषा हमालको भिक्षुसँग प्रेम‚ दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको सङ्ग्राहलय परेका छन्।

२०७८ सालभित्र प्रकाशित भई खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानमा प्राप्त कृतिमध्येबाट निर्णायक समितिले सिफारिस गरेको १५ वटा कृति विस्तारित सूची गत असार १५ गते सार्वजनिक गरिएको थियो।

समितिले पुरस्कारका लागि तीन चरणमा सिफारिस गर्छ। तेस्रो तथा अन्तिम चरणमा पाँच कृतिमध्येबाट पुरस्कृत कृति चयन गरिने प्रतिष्ठानले जनाएको छ।