पद्मा अर्यालले भनिन: जग्गा पत्ता लगाउनुस, किला ठोक्न म आफै आउँछु - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पद्मा अर्यालले भनिन: जग्गा पत्ता लगाउनुस, किला ठोक्न म आफै आउँछु



चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकी छिन् ।

चितवनस्थित रत्ननगर नगरपालिकाले शनिवार रत्न नगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको ब्यापक गुनासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको छ । सोही सन्दर्भमा रत्नरनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताइन् । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्नु उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थिती स्थानीय पालिकाका प्रमुख तथा अगुवाहरूलाइ निर्दे्शित गर्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउदै उक्त अभियानमा लाग्न आग्रह गरिन् ।

स्थानीय पालिकाले पहिचान गरेको सार्वजनिक तथा सरकारी जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिवद्धता समेत जनाइन् । ‘तपाइहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस् । किल्ला ठोक्नस म आफै यहाँ आउछु’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर सरकारको नाममा जग्गा फर्काउने अभियान थालिएको बताउदै यस कार्यमा कसैको डर धम्किबाट नडराउन समेत उनले आग्रह गरिन् ।