अब महिनावारी हुँदा प्याड लगाउनु नपर्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अब महिनावारी हुँदा प्याड लगाउनु नपर्ने



महिनावारी हुदाँ प्याड लगाउनु र त्यसलाई दिनहुँ फेर्नु निकै झन्झटिलो मानिन्छ । प्याड परिवर्तन गर्नु पर्ने, किनिरहनु पर्ने जस्ता झमेला प्रयोगकर्ता महिलाले व्यहोर्नु पर्ने देखेपछि बेलायतको एक कम्पनीले समाधान स्वरुप महिनावारी हुँदा लगाउन मिल्ने पेन्टीको निर्माण गरेको छ ।

युका कम्पनीले डिजाइन गरेको उक्त पेन्टीलाई पुनस् प्रयोग गर्न मिल्ने किसिमले निर्माण गरिएको छ । साढे चार हजार रुपैयाँ पर्ने यो पेन्टी पहिलो पटक किन्दा महँगो भए पनि लगातार प्रयोग गर्न मिल्ने हुनाले कालान्तरमा सेनिटरी प्याडभन्दा सस्तो पर्ने कम्पनीले जनाएको छ ।

यो पेन्टीले महिनाबारी हुँदा निस्कने रगतलाई प्याडको तुलनामा राम्ररी सोसेर ब्याक्टेरिया रहित समेत बनाउँछ ।