पश्चेमेली समाज मकाउले भगवान् गौतम बुद्धको बारेमा सत्य तथ्य जानकारी गरायो। - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पश्चेमेली समाज मकाउले भगवान् गौतम बुद्धको बारेमा सत्य तथ्य जानकारी गरायो।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

पश्चेमेली समाज मकाउले मकाउका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तिको अवसरमा भगवान् गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्दै केही त्यस्ता आधार र प्रमाणहरू उहाँहरू सामु प्रस्तुत गर्दै एक पटक भगवान् गौतम बुद्धको जन्म स्थल लुम्बिनी तिलौराकोट जानका लागि आग्रह समेत गरेका छन्।अन्तर्राष्ट्रिय समुदायमा अझै पनि भगवान् गौतम बुद्ध भारतमा जन्मिएको हो भनी भारतले प्रचार प्रसार गरी रहेकै छ।भारतले गरी रहेको झुट्टो कुरालाई मकाउमा रहेका सङ्घ संस्था मध्यका एक सामाजिक संस्था पश्चेमेली समाज मकाउले मकाउका बुद्ध धर्माबलम्बीका अनुयायीहरूलाई भगवान् गौतम बुद्ध नेपाली हुन भनी प्रस्ट पारी दिएका छन्।

विश्वका अधिकांश देशका नागरिकहरूलाई नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो भन्ने कुराको जानकारी समेत छैन त्यस कारण हामीले हामी जुन देशमा छौ त्यस देशका नागरिकहरूलाई नेपालको चिनारी र परिचय गराउन जरुरी छ।भगवान् गौतम बुद्धको जन्म भूमि र सगरमाथाको देश भनेर नेपाललाई चिनाउन सकेको खण्डमा विश्व भरी छरिएर रहेका बौद धर्माबलम्बीहरू र सगरमाथा आरोहण गर्न चाहने पर्यटकहरूलाई नेपाल भित्राउन सफल हुने थियो भन्नु हुन्छ पश्चेमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त।उक्त कार्यक्रममा पश्चेमेली समाजका अध्यक्ष पदम सिंह पन्त, बरिष्ट उपाध्यक्ष निरञ्जन खड्का,उपाध्यक्ष निम रेउले,सचिव तुलसी पौडेल,सह सचिव मोहन पन्त र अबिनास पाण्डेको उपस्थित रहेको थियो।