पवित्रादेवी भाटलाई सहयोग सामाग्री वितरण - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

पवित्रादेवी भाटलाई सहयोग सामाग्री वितरण



रमित पाण्डे/लम्की,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिकाका ४ कौवापूरकी ३२ वर्षिय पवित्रादेवी भाटले मनोपरामर्श सेवाले बाँच्न सफल भएको बताउनु भएको छ ।

सामि हेल्भेटासको सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत बुधबार १६ कवापुरमा सहयोग सामाग्री वितरण कार्यक्रममा मनमनो परामर्श सेवाले आफु बाँच्न सफल भएको उहाँले बताउनु भएको हो । उहाँले रुदै भन्नु भयो, मैले धेरै पटक मर्ने कोशिष गरेँ, म मरिसकेकी हुँन्थे, मनो परामर्श सेवाले मेरो आत्मबल बढ्यो, जिवनको महत्व बुझेँ र बाँच्न सफल भएँ ।

श्रीमानले दोस्रो विवाह गरी सम्पर्क विहिन भएपछि आफुले दुःख भोग्नु परेको उहाँले बताउनु भयो । बैदेशिक रोजगारीमा देवर मलेशिया गएको बेला घरमा देवरानीले आत्महत्या गरेको उहाँले पिडा सुनाउनु भयो ।

सहयोग सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि एवंम् लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लाल बहादुर बोगटीले बैदेशिक रोजगालिाई सुरक्षित बनाउनु पर्ने बताउनु भयो । सामाजिक समस्याले गर्दा समाजमा मान्छेहरु समस्यामा रहेको भन्दै सबैले मानविय व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

समस्यामा रहेकी पवित्रादेवी भाटलाई वडा कार्यलयबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै संस्थाले गरेको सहयोगको उहाँले प्रशंसा गर्नु भएको थियो । सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत कृष्ण वि.क.ले आठ हजार बराबरको त्रिपाल, चामल, दाल, तेल र खुसार्नी सहयोग गरेको बताउनु भयो । स्थानिय विष्णु जोशीले भाटको स्थिति निकै कमजोर रहेको मजदुरी गरि एक छोरा र एक छोरी पाल्दै आएको बताउनु भयो । मनापरामर्श सेवाले भाटको जिन्दगी बदलिएको भन्दै संस्थाको सहयोगले उहाँलाई थप हौसला प्रदान गरेको बताउनु भयो ।

मनो सामाजिक परामर्श कर्ता धनराज वि.क.ले पहिलो पटक भेट हुँदा भावनात्मक रूपमा अत्यन्तै कमजोर अवस्थामा भाट भेटिएको बताउनु भयो । मनोपररामर्श सेवा पछि परिस्थितिलाई स्विकार गर्दै भाटलाई बाँच्ने हौसल्ला मिलेको वि.क.ले बताउनु भयो ।