राष्ट्रिय युवा संघ कैलालीद्धारा हात धुने पानी ट्याङ्की राखियो (फोटो फिचर)

विशाल पाण्डेय / सुखड,कैलाली ।
नोबेल कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल कैलालीको आयोजनामा घोडाघोडी नगरपालिकाका बिभिन्न ठाउँमा हात धुनको लागि पानी ट्याङ्की र साबुन राखिएको छ ।
नगरमा भएको सुखड, साडेपानी ,पहलमानपुर,सिसैया लगायतका अन्य बजार क्षेत्रमा सोमबार एक/एक वटा हात धुने पानी ट्याङ्की ,साबुन तथा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक ब्यानर राखिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीले जानकारी दिएको छ ।

कोरोना भाइरस नियन्त्रण र सबैमा हात धुने बानिको बिकास होस् भन्नको लागी घोडाघोडीका बिभिन्न ठाउँमा हात धुने पानी ट्याङ्की राखिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक राजेन्द्र बम (राजु)ले जानकारी दिए । बजार क्षेत्र तथा वडा कार्यालयमा ओहोरदोहोर गर्ने सर्वसाधारण व्यक्तिहरुले राखेको पानी ट्याङ्कीमा आएर पटक पटक राम्रोसंग साबुन पानिले हात धुन पनि संयोजक बमले आग्रह गरे ।
कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरण गर्नको लागि गरिएको जनचेतनामूलक कार्यक्रममा राष्ट्रिय युवा संघ,नेपालका केन्द्रिय सदस्य , कैलाली जिल्ला कमिटी सदस्य , नगर कमिटी सदस्य लगाएतको उपस्थिति रहेको थियो ।





