काठमाडौंका दश ठाउँमा आकाशेपुल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंका दश ठाउँमा आकाशेपुल



काठमाडौंः काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ ।

व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् ।

करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।

कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।