विपक्षीले प्र.म.लाई बोल्न नदिई नाराबाजी गरे
काठमाडौँ –
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काङ्ग्रेस सांसदले नाराबाजी गरेका छन् ।
सभामुख कृष्ण बहादुर महराले संसद बैठक सुरु भएको घोषणा गरेपछि काङ्ग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए ।
तर काङ्ग्रेस सांसदले सभामुखको आग्रहलाई टेरेनन् र गर्दै रोस्ट्रम घेराउ गर्दै चर्को नाराबाजी गरेका छन् ।
उनीहरूले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायतका नारा उरालेका गरेका छन् ।