ओनसरी घर्तीको बिजोग- चौथोमा झरेर पराजित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

ओनसरी घर्तीको बिजोग- चौथोमा झरेर पराजित



काठमाडौँ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्।

घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम १५२२९ मत पाएर विजयी भएकी हुन्। उनले आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भइन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११४१४ मत ल्याएकी छन्। यस्तै माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९४४८ मत ल्याएकी छन्। उनी चौथो स्थानमा छन् ।