आचारसंहिता उल्लङ्‌घन गर्ने अनलाइनलाई अब यस्तो कारबाही - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आचारसंहिता उल्लङ्‌घन गर्ने अनलाइनलाई अब यस्तो कारबाही



काठमाण्डौँ – पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द हुने भएको छ ।

प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन उपसमितिको बैठकले बारम्बार सचेत गराउँदा पनि आचारसंहिता पालना गर्न अटेर गर्ने अनलाइन सञ्चारमाध्यमको अबदेखि सूचीकरण रद्द गरिने निर्णय गरेको हो ।

साथै सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई अबको १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ । १५ दिनभित्र दर्ता नगरे पनि सूचीकरण रद्द हुने उसले स्पष्ट पारेको छ ।

यस्तै केही अनलाइन सञ्चारमाध्यमले विभिन्न नाममा समाजमा अफवाह, आतङ्क फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई सचेत गराउने र सचेत गराउँदा पनि अटेर गरे प्रचलित नियम/कानुन तथा आचारसंहिता बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि काउन्सिलले गरेको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनलाइन सञ्चारमाध्यमलाई विश्वसनीय बनाउन यस्तो निर्णय गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिएका छन् ।