प्याजले बनायो किर्तिमान
काठमाडौं- प्याजले किर्तिमान बनाएको छ। प्याजको मूल्य पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेपछि यस्तो किर्तिमान बनेको हो ।
अहिले बजारमा या त प्याज पाइदैन पाइयो भनेपनि खल्तीको पैसाले भ्याउँदैन, प्याज अभाव देखाएर व्यापारीले उपभोक्तालाई १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म बिक्री गरेका छन्।
सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य १ सय २८ र खुद्रामा १ सय ४५ रुपैयाँ पुगेको छ।
पछिल्ल्ला ५ वर्षको अवधिमा प्याजको मूल्य उत्कर्ष बिन्दुमा पुगेको यो पहिलोपटक हो।