ह्वात्तै घट्यो प्याज, आधा भन्दा सस्तो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ह्वात्तै घट्यो प्याज, आधा भन्दा सस्तो



काठमाडौं- भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ।

एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ। वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच भइरहेको छ।

काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १ सय ३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (१६ पुस) भारतीय प्याजको मूल्य १ सय ९५ थियो।

‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’ कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्।’ यो खबर आजको नयाँ पत्रिकामा अजित अधिकारीले लेखेका छन्।

व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ।

भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।