हारेका पोखरेल र रिमाललाई ओलीको उपहार: ओलीसँग बढ्यो असन्तुष्टि - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

हारेका पोखरेल र रिमाललाई ओलीको उपहार: ओलीसँग बढ्यो असन्तुष्टि



चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यराति १० औँ महाधिवेशनको बन्द सत्रबाट १९ पदाधिकारी प्रस्ताव गरे।

भीम रावल पक्षका नेताहरुको विरोधकैबीच अध्यक्ष ओली शनिबारको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य छनोटको जिम्मेवारी दिएको थियो। आइतबार आफूनिकटसँग बसेर ओलीले सूची तयार गरेका थिए।

उक्त सूचीमा प्राय: ओलीसँग सुमधुर सम्बन्ध भएका नेताहरू परेकोमा ओलीले ९ औँ महाधिवेशनमा पराजित शंकर पोखरेल र विष्णु रिमालको बढुवा गरिदिएका छन्। ओलीले उपमहासचिव हारेका पोखरेललाई महासचिव र सचिव हारेका रिमाललाई उपमहासचिवमा बढुुवा गरेका छन्।

पराजितलाई आफूनिकट भएकै कारण बढुवा गरिदिएको भन्दै पार्टीभित्र असन्तुष्टिका स्वर सुनिन थालेका छन्। एमाले महाधिवेशनको बन्द सत्रमा एमालेका एक नेताले हारेकालाई काखी च्यापेको भन्दै असन्तुष्टि पोखे। उनले प्रश्न गरे, ‘‘९ औँ महाधिवेशनमा पराजितलाई बढुवा गरेर जिम्मेवारी दिनु कदापी सुहाउने कुरा होइन, यो एमालेको आन्तरिक लोकतन्त्र हो ?”

ओलीले मुख हेरेर जिम्मेवारी दिएको भन्दै यसले आन्तरिक रूपमा एमाले कमजोर बन्ने एक नेताले बताए।