ओली पक्षमा खुले वामदेव - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ओली पक्षमा खुले वामदेव



काठमाडौँ- लामो समयदेखि कुनै समुहमा नखुलेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी शर्मा ओली समुहमा खुलेका छन् ।

बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम पनि पुगेका छन् । ओलीले बोलाएको कुनै पनि बैठकमा नजाने र पार्टी फुटाए माधव नेपाललाई साथ दिने बताएका गौतम एकाएक ओली समुहमा खुलेका छन् ।

बालुवाटार पुगेका उपाध्यक्ष गौतम केहीबेर बैठकमा बसेर आफ्ना कुरा राखेर बाहिरिने बताइएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली आफैँले एकता भाड्ने प्रयास गरेको, वार्तालाई गम्भीर रुपमा नलिएको, असन्तुष्ट पक्षलाई एकतामा ल्याउन प्रतिबद्ध नभएको गौतमको धारणा छ । यसअघिदेखि नै खनाल-नेपाल पक्षमा रहेका गौतम केही समय तटस्थ बसेका थिए ।

उनी बेला-बेला एमालेका विभिन्‍न बैठकमा उपस्थित हुने गरेपनि ओलीसँग असन्तुष्ट रहँदै आएका छन् ।