आफ्नै पालामा भएको निर्मला काण्डमा ओलीले उठाए देउवा सरकारमाथि प्रश्न - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

आफ्नै पालामा भएको निर्मला काण्डमा ओलीले उठाए देउवा सरकारमाथि प्रश्न



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकारलाई प्रश्न गरेका छन् ।

उनले निर्मलाको विषयमा सरकार मौन बस्नु आश्चर्यको कुरा भएको बताउँदै सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उदघाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे ।

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

तर यो हत्याकाण्ड ओली प्रधानमन्त्री भएकै बेला भएको थियो । उनी तीन वर्ष सरकारमा हुँदापनि अनुसन्धानले कुनै टुङ्गो लगाएको थिएन ।