घरबेटी छुटाउने मन्त्रीलाई प्रधानमन्त्री ओलीले झपारे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

घरबेटी छुटाउने मन्त्रीलाई प्रधानमन्त्री ओलीले झपारे



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग फायर बनेका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाएर सरकारी गाडीमै लिएर हिंडेका श्रेष्ठसँग ओली ओली फायर बनेका हुन् ।

उनको उक्त क्रियाकलापबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै ओलीले मन्त्री श्रेष्ठलाई झपारेका छन् । मन्त्री श्रेष्ठलाई ओलीले यस्ता हर्कत गरेर सरकारलाई नै बदमान गराएको बन्दै झपारेको खुलेको छ । स्रोतका अनुसार मन्त्री श्रेष्ठसँग प्रधानमन्त्री फायर भएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पनि प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको बताएका छन् । कानुनमन्त्री श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईंले जे गर्नुभो, ठीक गर्नुभएन भन्नुभएको छ।’

ओलीले छुवाछुत हटाउन कानुन बनाउने, अर्कोतर्फ कार्यान्वयन नगर्ने व्यवहार ठीक नहुने भन्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री श्रेष्ठले समेत गल्ती महसुस गरेको बताइएको छ।

कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उनले बताए। ‘मन्त्रीले आफ्नै गाडीमा चढाएर लैजानु भनेको दुर्भाग्य हो,’ उनले भने, ‘हाम्रो क्याबिनेट मिनिस्टरले गरेको गल्तीलाई हामीले स्वीकार्नुपर्छ।’

जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो। तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त गरेको थियो।

प्रधानलाई थुनामुक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। त्यसपछि मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छाडेका थिए।