ओलीले एकलौटी ढंगले सरकार चलाए :नेता नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीले एकलौटी ढंगले सरकार चलाए :नेता नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका काम सन्तोषजनक नभएको बताएका छन् ।

काठमाडौंको हनुमानस्थानस्थित अर्ग्यानिक क्विन रेष्टुरेन्टको शुभारम्भ गर्दै उनले सरकारको काम कारवाहीबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टीसँग कुनै छलफल नगरी सरकार एकलौटी ढंगले अगाडि बढेको उनको भनाइ थियो ।

वरिष्ठ नेता नेपालले छलफलविनै एकलौटी रुपमा अघि बढेर जनआकांक्षा पूरा गर्न नसकिने बताए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश दीपकराज जोशी, पूर्वप्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीलगायत सहभागी थिए ।