ओलीले डाके स्थायी कमिटि बैठक: दोस्रो पुस्ताका नेता पनि सहभागी हुने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओलीले डाके स्थायी कमिटि बैठक: दोस्रो पुस्ताका नेता पनि सहभागी हुने



काठमाडौं- नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बोलाइएको छ । तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने बैठकमा एमालेको माधव नेपाल लिन छोडेका दोस्रो पुस्ताका नेताहरू पनि सहभागी हुने भनिएको छ ।

बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ। नेता माधव नेपाल एमाले छाडेर नयाँ पार्टी गठन गर्न लागेपछि पार्टी अध्यक्ष केपे शर्मा ओली भने पछाडी फर्किन सहमत भएका छन् । सोहि सहमति अनुसार बैठक डाकिएको हो ।

सोमबार ओलीको निजि निवास बालकोटमा भएको लामो छलफलपछि १० बुँदे कार्यन्वयन र कारबाही फिर्ताको विषयमा सहमति बनेको थियो । बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्म अल्टिमेटम दिएका थिए। उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए।

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।