ओलीले प्रशिक्षण दिँदा जनप्रतिनिधि निदाए, ओलीले हाने व्यंग्य - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

ओलीले प्रशिक्षण दिँदा जनप्रतिनिधि निदाए, ओलीले हाने व्यंग्य



काठमाडौको राष्ट्रिय सभा गृहमा एमालेको प्रशिक्षण कार्यक्रम जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेका छन।

केहीबेर अघि सुरु भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि निदाउन थालेपछि अध्यक्ष ओलीले उनीहरुलाई व्यंग्य गरेका छन् । उनले दुई पटकसम्म जनप्रतिनिधिलाई ननिदाउन आग्रह गरे।

ओलीले प्रशिक्षण सुरु गर्दा नै केही प्रतिनिधि निदाउन थालेपछि उनले सचेत गराएका हुन्। ‘अगाडि क्यामेराहरूबाट लाइभ भइरहेका छन्, पत्रकारले खोजी खोजी फोटो खिच्लान्, जोगिनुस्’, उनले भने।

उनले चुनावमा खट्दा थकाइ लागे पनि ननिदाउन भने। चुनावमा थकाइ लागेको होला ननिनादाउनु होला, सम्भवत लाइभ भइरहेको होला,´ ओलीले भने,यो क्यामेरावाला हरु जता तपाईंहरु निदाउनु भएको छ, त्यतै खिच्नुहुन्छ। तपाईंहरु याद गर्नुहोला

एमालेले बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।