ओलीले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक, केही बेरमा बस्दै - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीले डाके आकस्मिक केन्द्रीय कमिटी बैठक, केही बेरमा बस्दै



चितवन : नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएका छन् । उनले आजै केन्द्रीय कमिटी बैठक डाकेका हुन्। उनले पहिलो बैठक आधा घन्टाका लागि भए पनि सौराहामै बोलाएका छन्।

मत परिणामपछि सपथ ग्रहण गर्दै उनले आफ्नो मन्तव्य राखेका थिए। सोही क्रमममा उनले सौराहामा पहिलो बैठक बस्ने बताए। उनले दोस्रो बैठकको मिति पनि तय गरे। ‘पहिलो बैठक त हामी आजै बस्छौं। आधा घन्टाको लागि भए पनि बस्छौं। दोस्रो बैठक भने मंसिर २५ र २६ गते बस्छौं,’ उनले भने।

दोस्रो बैठकले स्थायी कमिटी, पोलिटव्युरो गठन गर्नुका साथै महत्वपूर्ण निर्णयहरु गरिने उनले बताए। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि समापन भएको छ। तीन दिनसम्म चल्ने भनिएको महाधिवेशन थप दुई दिन धकेलिएको थियो।