ओलीले डाके स्थायी कमिटीको बैठक: महाधिवेशन आयोजक कमिटी भङ्ग गरिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओलीले डाके स्थायी कमिटीको बैठक: महाधिवेशन आयोजक कमिटी भङ्ग गरिने



काठमाडौं- नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बस्नै लाग्दा स्थायी कमिटीको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटिको बैठक बोलाका हुन् ।

महाधिवेशन आयोजक कमिटीको बैठक भोली बालुवाटारमा बस्दैछ । उक्त बैठकको तयारीबारे छलफल गर्नका लागि आज साँझ स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ । भोलिको बैठकको तयारीबारे छलफल गर्न बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन्।

यसैबीच अध्यक्ष ओलीले एमालेको महाधिवेशन कमिटी भङ्ग गर्ने भएका छन् । बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीले बिहीबार नै केन्द्रीय कमिटी बैठक बोलाउने अताइएको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने बताइँदै आएको छ । पार्टी एकताका लागि पूर्ववत् कमिटीमा पुग्न लागिएको बताइन्छ ।