ओलीले भने: कांग्रेससँग लड्ने आँट छैन, माधव नेपालको प्युसो हुन् - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

ओलीले भने: कांग्रेससँग लड्ने आँट छैन, माधव नेपालको प्युसो हुन्



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली काँग्रेस लड्न डराएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग काँग्रेस लड्न आँट नगरेको तर भर्खर निर्वाचन आयोगबाट मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको पार्टी लड्न खोजेको बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’

स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’

ओलीले आफू नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा पनि माधव नेपालले आफूलाई देख्न नसकेको उल्लेख गरे ।