ओलीले भने: मेरो झूट बोल्ने बानी छैन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीले भने: मेरो झूट बोल्ने बानी छैन



मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डले सहमति गरेका र अहिले ढाकछोप हुने काम भइरहेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “२०६० साल पुसमा भएको सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएका थिए।”

ज्ञानेन्द्र र प्रचण्ड सहमतिको भएको पत्र सार्वजनिक हुन सक्छ त भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, “मेरो काम पोलिटिकल हो। मैले कागज खोजेको होइन। पोलिटिक्स खोजेको हो। प्रचण्डले त ढाकछोप, झूट गरिहाल्नु हुन्छ। मेरो कुनै झूट बोल्ने बानी छैन।”

त्यस्तै ओलीले एमसीसीका विषयमा व्यक्तिगत नभई सरकारको धारणमा स्पष्ट हुनेपर्ने माग गरे। निर्वाचिनको विकल्प नरहेको भन्दै उनले निर्वाचनपछि नै सबै विषय प्रस्ट हुने बताए।