कोइरालाले राष्ट्रियता र स्वाभिमानमा हमला गरे: केपी ओली - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कोइरालाले राष्ट्रियता र स्वाभिमानमा हमला गरे: केपी ओली



काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा उत्तरी सीमानामा भारतलाई सैनिक पोस्ट राख्न दिएसँगै नेपालको राष्ट्रिय स्वाधीनतामा हमला भएको जिकिर गरेका छन्।

चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई शनिबार साँझ सम्बोधन गर्दैै ओलीले यस्तो धारणा राखेका हुन्। पूर्व प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारले त्यतिवेलै राष्ट्रिय स्वाधीनतामा हमला गरेको आरोप लगाएका छन्।

“२००८ सालमा प्रधानमन्त्री बनेको तीन दिनपछि मातृका कोइराला दिल्ली गए र माघ ११ गते फर्किदा नेपालको उत्तरी सीमानामा दक्षिणी छिमेकी भारतको १७ वटा मिलीटिरी चेकपोस्ट राख्न दिने सम्झौता गरे,” ओलीले भने, “उनले राष्ट्रियता, स्वाधिनता र स्वाभिमानमा हमला गरेर फर्किए, त्यतिवेलै हाम्रो पार्टीले त्यसको विरोध गर्‍यो।”

त्यतिवेलादेखि नेपाली भूमिमा अड्डा जमाएर बसेका भारतीय सुरक्षाकर्मी २०२६ सालमा हटेका थिए।