ओलिको चीन भ्रमण रोकिनुको रहस्य - Himal Post Himal Post
  • ४ मंसिर २०८२, बुधबार
  •      Wed Nov 19 2025
Logo

ओलिको चीन भ्रमण रोकिनुको रहस्य



काठमाडौं,२२ मंसिर

भारत विरोधी नेताका छवि बनाएका पूर्वपप्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। उनी भारत बिरोधी भएकै कारण चीन भ्रमण चासोका साथ हेरिएको थियो ।
तर, सरकारले दर्ता गरेको संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्ष एमालेले आन्दोलन चर्काउने निर्णय लिएपछि पार्टी अध्यक्ष ओलीको चीन भ्रमण रद्द भएको हो ।
ओली निवासस बालकोटमा सोमवार बसेको वैठकमा भ्रमणवारे छलफल भएको थियो । ओली इमर्जिङ मार्केट फोरम नामक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चीनवको हुवेइ प्रान्तमा जाने तय भएको थियो ।
अव ओलीको सट्टामा महासचिव इश्वर पोखरेल र सचिव योगेश भट्टराई विहिवार चीन जानेछन् । भ्रमणका क्रममा पोखरेल र भट्टराईले चिनियाँ उच्च अधिकारीसँग भेट गर्न सक्ने स्रोतले जनाएको उल्लेख गर्दै आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।