ओलीले उपहार दिएका थिए मोदीलाई पोसाक ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ओलीले उपहार दिएका थिए मोदीलाई पोसाक !



जनकपुरधाम : जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको पोसाक मिलेकोमा सबैलाई कौत्तुहलता छ ।

मोदी भ्रमणमा सबैभन्दा बढी चर्चामा रहेको बिषय यो पनि हो । शुक्रबार दिनभर बिरोधको बिषय बनेको यो पोशाक काण्ड के हो त ?

एकाले नेताका अनुसार मोदीले लगाएको पोसाक ओलीले उपहार पठाएका हुन् र मोदीले लगाएर आएका हुन् ।

हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए। भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको भनिएको छ । अन्य बिदेशी राष्ट्रमा पनि यो प्रचलन छ । पछिल्लो समय सी जिंग पिंगले भारत भ्रमण गर्दा लगाएको पोशाक मोदीले पठाएको उपहार थियो ।