नेतृत्व दोश्रो पुस्ताबाट बनाउने ओलीको प्रस्ताव: के गर्लान प्रचण्ड ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

नेतृत्व दोश्रो पुस्ताबाट बनाउने ओलीको प्रस्ताव: के गर्लान प्रचण्ड ?



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकल नेतृत्व पद्धतीको बारेमा बहस भैरहेका बेला ओलीको एउटा निर्णयले प्रचण्डको होस् उडेको छ । ओलीको यस्तो तयारीले नेकपामा ठुलै उथलपुथल हुने देखिएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा पार्टीको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नसुम्पिने निर्णयमा पुगेको स्रोतले जनाएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले प्रचण्डलाई नेतृत्व नसुम्पने अभ्यास थालिसकेका छन्।

सिंगापुरको १५ दिन लामो बसाइपछि नेपाल फर्केलगत्तै आफु निकट केहि नेताहरूलाई बोलाएर उनले प्रचण्डलाई पूर्ण विश्वास गर्न नसकेको भन्दै अबको योजना सुनाएका थिए। बालुवाटारमा भएको उक्त गोप्य छलफलमा ओलीले अबको नेतृत्व अर्को पुस्तालाई दिउँ भन्दै आय मागेको स्रोतको दाबी छ।

अध्यक्ष ओलीले विष्णु पौडेल र बामदेव गौतमसंग सिंगापुरमै यो बिषयमा छलफल गरिसकेको बुझिएको छ। यसरी दोश्रो पुस्तालाई नेतृत्व दिने तयारे गर्दा पार्टीका नेता देखि कार्यकर्तासम्म खुसी हुने भन्दै उनले योजना सुनाएका थिए। पछिल्लो समय ओलीले प्रचण्डलाई अगाडी सारेपछि पार्टीको स्थायी समितिकै केहि नेताहरूको होस् उडेको थियो अहिले भने ओलीको यस्तो तयारीले उनीहरू खुशी छन् स्रोतले भन्यो।

एकातिर पार्टीकै पुर्व एमाले नेताहरूबाट आएको चर्को दवाव र अर्को तिर प्रचण्डका भेनेजुएला देखि चिनिया विदेशमन्त्री सम्मका विवादित ब्यबहारले ओली यो निर्णयमा पुगेको समेत स्रोतले दाबी गरेको छ।

नेकपास्रोतले दिएको जानकारीअनुसार ओलीले आफूपछि नेतृत्वमा पार्टी उपाध्यक्षमा प्रस्तावित नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई नै अघि बढाउने तयारी गरेको समेत बुझिएको छ । यसको लागि उनले गौतमलाई आउने मंसिरमा हुने उपनिर्वाचनमा काँस्कीबाट उम्मेद्धवार बनाउने तयारीपनि थालेका छन् । पछिल्लो समय ओलीसँग वामदेव अत्यन्तै निकट छन् ।