एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य



काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले दिएको जानकारी अनुसार आइसोलेसनमा रहेका ओलीको अवस्था सामान्य छ ।

कोरोना संक्रमण बाहेका अध्यक्ष ओली अहिले आफ्नै निवास बालकोटमा आराम गरिरहेका छन् । सामान्य रुघा खोकी र ज्वोरो आएपछि उनको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।