प्रधानमन्त्री ओलीको मिर्गौलाको ‘स्टेन्ट’ निकालियो
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा राखिएको ‘स्टेन्ट’ निकालिएको छ । आज नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी पुगेका उनको अवस्था सामान्य भएको बताइएको छ ।
हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच भइरहेको र उनी आजै अस्पतालबाट फर्कने बताइएको छ ।
फलोअप र केहि अन्य जाँच गरेर फर्कने तयारी हरेको सचिवालय स्रोतले जनाएको छ ।
पिसाब फेर्न समस्या भएपछि कात्तिक १३ गते प्रधानमन्त्रीको युरेटरमा ‘स्टेन्ट’ राखिएको थियो।
उनको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।