प्रधानमन्त्रीको वेबसाइटमा अश्लील तस्वीर र भिडियो - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्रीको वेबसाइटमा अश्लील तस्वीर र भिडियो



काठमाडौं– मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको व्यक्तिगत साइट www.kpsharmaoli.com मा जाने जो कोही लज्जित हुनपुग्छ ।

यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् ।

यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको छ ।