ओलीको अफर- 'एम अधिकारी खोजिदिनेलाई ब्याट्री किनिदिन्छु' - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

ओलीको अफर- ‘एम अधिकारी खोजिदिनेलाई ब्याट्री किनिदिन्छु’



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एम अधिकारीको खोजी गर्नुपर्ने बताएका छन् । उनले एम अधिकारी को हो भन्ने विषय आफुलाई पनि थाहा नभएको बताएका छन् ।

कान्तिपुर कन्क्लेभको अन्तर संवाद कार्यक्रममा उनले एम अधिकारी को हो भन्ने आफुलाई जानकारी नभएको बताएका हुन् । उनले भने ‘एम अधिकारी को हो, म पनि जान्दिन्न’ । उनले एम अधिकारीलाई खोज्न आग्रह गरे, र त्यसको लागि आफुले टर्चको ब्याट्री किनिदिने बताए ।

केपी ओलीले पार्टी निकट व्यक्तिहरु सर्वोच्च अदालतदेखि विभिन्न संवैधानिक आयोगमा रहेको बताए । यो अभ्यास पनि रहेको तर यसलाई सच्याउनु पर्ने बताए। आफुले संवैधानिक निकायहरुमा नियुक्त गरेका कतिपयलाई आफुले नचिन्ने बताए । उनले आफुले नियुक्त गरेका व्यक्ति एमालेका नभएको पनि बताए ।

केहि समय अगाडी नेपाल एमालेले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी भन्ने व्यक्तिलाई सदस्यको रुपमा राखेको थियो । एम अधिकारी भन्ने ति व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै गभर्नरले राजिनामा दिनु पर्ने माग समेत उठेको थियो।

तर एमालेले भने एम अधिकारीले एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको स्पष्टिकरण दिएको थियो । त्यस्तै गभर्नर अधिकारीले पनि एम अधिकारी आफु नरहेको र आफु एमालेको सदस्य तथा कुनै पनि विभाग नरहेको बताएका थिए ।

आज एमाले अध्यक्ष केपी ओलीले पनि एम अधिकारी को हो भन्ने बारे आफुलाई जानकारी नभएको बताएका हुन् ।