सांसदहरूलाई ओलीका निर्देशन- आफै जान्नेसुन्ने नबन्नु - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

सांसदहरूलाई ओलीका निर्देशन- आफै जान्नेसुन्ने नबन्नु



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरुलाई अनुशासन पालनामा गम्भीर बन्न निर्देशन दिएका छन्।

काठमाडौंमा आयोजित नवनिर्वाचित सांसदहरुको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले पार्टीभन्दा जान्ने र पार्टीले भनेको नमान्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरे।

‘दलका निर्णय, पार्टीका नीति निर्णय, अनुशासन, आदेश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन म साथीहरूलाई आग्रह गर्दछु। किनभने दलले देश र जनताबाहेक‚ राष्ट्र राष्ट्रियताबाहेक‚ सुशासनबाहेक अरू कुनै सोचेको हुँदैन।’ ओलीले भने, ‘त्यसैले पार्टीभन्दा पृथक जान्ने, पार्टीले भनेको नमान्ने, पार्टीभित्र अस्वस्थ गतिविधि, गुटगत क्रियाकलाप जस्ता कुराहरू वास्तवमा आन्दोलनलाई क्षति पुऱ्याउने कुरा हो त्यस्ता प्रवृत्तिबाट हाम्रो पार्टी जोगिँदै आएको छ।’

साँचो जनप्रतिनिधको भूमिकाबारे गम्भीरतापूर्वक ध्यान दिएर क्रियाशील हुन पनि ओलीले सांसदहरुलाई निर्देशन दिए।