नेताहरूलाई बोलाएर थर्काउँदै ओलीले भने: सरकारविरुद्ध आन्दोलन चर्काउनुहोस् - Himal Post Himal Post
  • २३ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 8 2024
Logo

नेताहरूलाई बोलाएर थर्काउँदै ओलीले भने: सरकारविरुद्ध आन्दोलन चर्काउनुहोस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई आन्दोलनका लागि तयार हुन निर्देशन दिव्का छन् । शुक्रबार आफ्नै निवासमा पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

छलफलमा ओलीले सरकार स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्रमा लागेको र संविधान मास्न उद्धत भएको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रन निर्देशन दिएका छन् ।

उनले स्थानिय चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई तयारी गर्न समेत निर्देशन दिएको एक नेताले बताए ।

चुनाव नगर्ने षड्यन्त्र निकै संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने भन्दै ओलीले आन्दोलनको आँधिबेहरी सृजना गर्न निर्देशन दिएका छन् ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिएको बताइएको छ ।

छलफलमा ओलीले एमालेका केही नेताहरु र जनवर्गीय संगठनप्रती असन्तुष्टि जनाएका छन् । उनले सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लाग्दा पनि एमालेका जनवर्गीय संगठनहरुले सशक्त प्रतिवाद नगरेकोमा भन्दै नेताहरूलाई थर्काएका छन् ।

अध्यक्ष ओलीको निर्देशनलगत्तै शनिबार जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।