प्रधानमन्त्री ओलीको मुटुमा समस्या: अस्पताल भर्ना - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओलीको मुटुमा समस्या: अस्पताल भर्ना



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएको छ ।

मंगलबार मुटुमा समस्या देखिएपछ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार उनको अहिले क्याथ ल्यावमा विभिन्न परिक्षण भैरहेको छ । ‘प्रधानमन्त्रीज्युको मुटुमा समस्या देखिएपछि अहिले क्याथ ल्यावमा परिक्षण भइरहेको छ,’ अस्पतालका एक चिकित्सकले भने।

प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिंदै आएको छ। आज भने उनको मुटुमा केही समस्या देखिएकाले परिक्षण गरिएको चिकित्सकको भनाई छ।