ओलीको खोक्रो राष्ट्रवादले नेपालीको शीर झनै गिर्‍यो: देउवा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओलीको खोक्रो राष्ट्रवादले नेपालीको शीर झनै गिर्‍यो: देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘खोक्रो राष्ट्रवादले नेपालीहरुको शीर झनै गिरेको’ आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा कास्की कांग्रेसको जिल्ला भेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एडीबीले बनाउन लागेको अरुण तेस्रो रद्ध गराएको एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आयोजनाको शिलान्यास गराउनाले ओलीको राष्ट्रवादको रुप प्रस्ट बनाएको बताए ।

उनले कांग्रेस कार्यकर्तालाई राजधानी र सहरकेन्द्रित नभइ गाउँगाउँमा गएर जनताको दुःख–सुखमा लाग्न निर्देशन दिए ।