सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ: देउवालाई प्रधानमन्त्री बनाउनु पञ्चायत ब्युँताए जस्तै हो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ: देउवालाई प्रधानमन्त्री बनाउनु पञ्चायत ब्युँताए जस्तै हो



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई जवाफ लेखेका छन् । जवाफमा उनले शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने मागको पक्षमा आदेश दिनु भनेको पञ्चयायती ब्यवस्था ब्युँताउनु सरह भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले नेपालको संविधानले बहुदलीय संसदीय प्रणाली अंगिकार गरेको र निर्दलीयताको परिकल्पना नगरेकाले रिट निवेदकहरुले दावी गरे बमोजिम संसद र सरकार सञ्चालन गर्ने हो भने त्यसले पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई फेरि ब्युँताउने उल्लेख गरेका हुन।

अदालतलाई पठाएको पत्रमा उनकले रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यता विपरीत रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुरलाई प्रस्ताव गर्ने नेपालपक्षका सांसदहरुले दलीय अनुशासन र नैतिकताका सबै सीमा उल्लंघन गरेको भन्दै दलीय अनुशासन उल्लघन गर्ने छुट कसैलाई नभएको उल्लेख गरेका छन् ।

धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्री नियुक्तिको लागि दलीय निर्देशन लागु नहुने र यसमा ह्वीप जारी नहुने तर्क संविधान विपरीत रहेको भन्दै जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘रिट निवेदनमा दाबी गरिएजस्तो संविधानको धारा ७६ को उपधारा (५) को अवस्थामा दलीय ह्वीप नलाग्ने कुरा संविधान र संविधानले स्थापित गरेको संसदीय शासन प्रणालीको आधारभूत मान्यता विपरीत हुन्छ ।’