झलनाथको सबै उपचार खर्च एमालेले व्योहोर्ने ओलीको घोषणा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

झलनाथको सबै उपचार खर्च एमालेले व्योहोर्ने ओलीको घोषणा



काठमाडौं-एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन् ।

उनले एमालेको महाधिवेशन आयोजक कमिटिको अन्तिम बैठकमा यस्तो घोषणा गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने घोषणा गरेका थिए । हाल नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनाललाई मृगौला सम्बन्धि समस्या देखिएको छ।