बाबुरामले भने: बढी उफ्रँदा ओलीको धोती फुस्कियो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बाबुरामले भने: बढी उफ्रँदा ओलीको धोती फुस्कियो



काठमाडौं- बेलाबेला ओली र एमालेको कडा आलोचना गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् ।

पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ । उनले एमालेको जबजबारे पनि टिप्पणी गरेका छन् ।

‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, भट्टराईको ट्वीटरमा आक्रोश पोखेका छन् । यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ भन्ने प्रश्न पनि बाबुरामले गरेका छन् ।

उनले एमालेलाई कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’