विप्लवलाई राजनीतिमा 'भद्दा मजाक' नगर्न ओलीको चेतावनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विप्लवलाई राजनीतिमा ‘भद्दा मजाक’ नगर्न ओलीको चेतावनी



प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा भद्दा मजाक नगर्न नेकपा समूहका नेता विप्लवलाई चेतावनी दिएका छन् । आज आयोजित रिपोर्टस क्लबको २०औ वार्षिक उत्सवमा बोल्दै ओलीले विप्लवलाई केटाकेटी जस्तो मजाक नगर्न चेतावनी दिएका हुन् ।

विप्लव समूहले जारी गरेको वारेन्ट तर्फ सङ्केत गर्दै ओलीले भने प्रचण्ड र केपी ओलीको घरमा वारेन्ट टाँस्ने ? के मजाक गरेको यो ? यस्तो पनि हुन्छ ? उनले देश अब समृद्धिको बाटोमा लागेकोले सबैले यस्ता गतिविधि नगर्न आग्रह समेत गरे ।

उनले भने, ‘यस्ता राजनीतिक मजाक नगर्नुस्, अलि बढ्ता भो ।’

ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण हरिवंश, धुर्मुस सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे । उनले भने, बरु म सिफारिस गर्छु ।’

अब जनयुद्ध र आन्दोलनको समय सकियो कुनै दिन यसको औचित्य थियो अहिले सकिएको बताउँदै ओलीले जनतालाई सजिलो बनाउन र देशलाई गति दिन आफूहरू हदै सम्म जान सक्ने बताए ।