निकट नेतासँग ओलीको ब्रिफिङ्ग- संसदीय दलभित्र अप्ठ्यारो परेपछि संसद विघटन गरें - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

निकट नेतासँग ओलीको ब्रिफिङ्ग- संसदीय दलभित्र अप्ठ्यारो परेपछि संसद विघटन गरें



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाको संसदीय दलमा आफूले बहुमत गुमाएकाले प्रतिनिधिसभा विघटनमा जानुपरेको संकेत गरेका छन् ।

बुधबार बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएको स्रोतले जानकारी दिएको छ ।

माओवादीसँगको एकतादेखि एमालेको वर्तमान अन्तरविरोधसम्मको लामो व्याख्या गर्नुभएका ओलीले संसदीय दलमा पकड गुमेपछि संसद विघटन आफ्नो बाध्यता भएको प्रधानमन्त्री ओलीले सुनाएका छन् ।

ओलीको भनाइ उद्दृत गर्दै स्रोत भन्छ, ‘सिधै त भन्नुभएन तर भूमिका बाँधेर उहाँले संसदीय दलमा अल्पमतमा परेको स्वीकार गर्नुभयो ।’

बहुमत नरहेपछि जिध्दी गरेर जवर्जस्ती प्रतिनिधिसभा विघटन गरेको आशय सहितको ब्रिफिङ्ग गरिएको स्रोत बताउँछ । सो क्रममा ओलीले आफूतिर बहुमत जुटाउन नसके पनि अर्को पक्षलाई रोक्न सकेकोलाई उपलब्धिका रुपमा विश्लेषण गरेका थिए ।

‘पार्टीमा समस्या आयो,संसदका कतिपय साथीहरुमा कन्फ्युजन थियो,हामीले बुझाउन सकेनौँ । यता सबै साथीहरु नउभिएकाले बहुमत पुर्याउन सकिएन । यता नपुगे पनि उता रोक्न सफल भइयो’ बैठकमा ओलीले भनेको कुरा स्रोतले सुनायो ।

तत्कालिन नेकपामा अन्तरविरोध चर्किंदै जाँदा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा ओली अल्पमतमा परेका थिए । संसदीय दलको नेतासमेत रहेका ओलीले त्यतिबेला प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्नुपरे कुर्सी भाँचिदिने चेतावनी दिएको चर्चासमेत चलेको थियो ।

यस्तै परिस्थितिवीच प्रचण्ड र माधव नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको जनआस्थाले लेखेक छ ।