ओलीको भ्रमणबारे यस्तो भन्छन् भारतीय नेता - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीको भ्रमणबारे यस्तो भन्छन् भारतीय नेता



मोदीले फराकिलो छाती बनाउनुपर्छ 

भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।

नेपालको सार्वभौम हैसियतर्ला ह्रदयदेखि आत्सात गरी उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र नपालले अन्य छिमेकीसँग राख्ने सम्बन्धलाई नेपाल, भारतबीचको सदियौंदेखिको मित्रतापुर्ण र घनिष्ठ सम्बन्धसँग नदाँज्न पनि उनीहरुले सुझाएका छन् ।

विगतमा नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप नाकाबन्दीको तहसम्म पुग्दा नेपालीको मन दुखेको स्मरण गराउँदै ती दलहरुले यसप्रति संवेदनशील भएर समकक्षी ओलीको स्वागत गर्न र नेपालका चासोहरु सम्बोधनमा कन्जुस्याँई नगर्न सुझाव दिएका हुन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।