ओली-नेपाल टेलीफोन संवादपछि फेरियो ओलीको भाका - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

ओली-नेपाल टेलीफोन संवादपछि फेरियो ओलीको भाका



काठमाडौं- नेकपा एमालेको विवाद क्रमश समाधान हुने क्रममा देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो समयपछि टेलिफोन संवाद भएको छ। र यो संवादले पार्टीमा आशाको संचार भएको छ भने ओलीको भाका फेरिएको छ ।

पछिल्लो समय भएका पार्टी एकता प्रयासहरूले लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता भएको छ । फोन संवादपछि नाल समूह थप लचिलो भएको खण्डमा सोच्न सकिने ओलीले निकट नेताहरूलाई बताएका छन् । स्रोतका अनुसार ओलीले नेपाल समुहको ठ मागबारे सोच्न सकिने सम्म बताएका छन् ।

टेलीफोनपछि दुई नेताहरू शुक्रबार भेट्ने सम्भावना रहेको बताईएको छ । भेटको समय र स्थान भने तय भएको छैन्। आज पनि फेरि फोनसंवाद हुने बताइएको छ । शुक्रबार हुने संवादले भेट हुने वा नहुने निर्क्योल हुने बताईएको छ । आफ्नै समुहमा पनि दवावमा देखिएका प्रधानमन्त्री ओलीले भने नपाल समूह लचिलो भएको खण्डमा तत्कालका लागि बैठक स्थगित गर्नसक्ने अवस्था छ।

एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। बैठक शुक्रबार विहान ११ बजे बस्ने तय भएको छ। बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

संस्थापन पक्षले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो। तर खनाल–नेपाल समूह भने जेठ २ मा कायम नवौं महाधिवेशन आयोजक कमिटीबाट निर्वाचित कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ। र, उसले केन्द्रीय कमिटी नै अवैध भएको निष्कर्ष निकाल्दै शुक्रबारको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै २० जना सदस्य थपिएकोमा नेपाल खनाल समूहको आपत्ति छ। उक्त समूहका स्थायी कमिटी सदस्यको बिहीबार बसेको बैठकले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।

नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित संरचनामा फर्कन तयार नभएको निष्कर्ष निकालेको छ। बैठकले केन्द्रीय कमिटीमा सदस्य थप्ने संस्थापनको निर्णय अवैध भन्दै पुरानै संरचनामा फर्कनुपर्ने अडान राखेको छ। बुधबार एमाले संस्थापनको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेकासहित ८ जनालाई स्थायी कमिटीमा र २० जनालाई केन्द्रीय कमिटीमा थपेको थियो। त्यसमा उसको आपत्ति रहेको छ।