भिआइपी कक्षको दुरुपयोग गरेपछि ओलीको चर्को आलोचना - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

भिआइपी कक्षको दुरुपयोग गरेपछि ओलीको चर्को आलोचना



विराटनगर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन। एमालेले निकालेका मान्छे राखेर संसद चलाईरहेको ओलीले बताए। उनले भने,’हामीले विरोध गरिरहेका छौ, सरकार बलजफ्ती गरिरहेको छ।’

एमालेले कारबाही गरेका १४ सांसदहरुको सूचना संसदले ननिकालेको विरोधमा एमालेले संसद अवरोध गर्दै आएको छ। एमाले अध्यक्ष ओलीले एमसीसीबारे सरकारको नीति नै नरहेको बताए। व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेकाले एमालेले अहिलेनै धारणाा सार्वजनिक नगरेको बताए।

विमानस्थलमै पार्टी प्रवेश

एमालेले विमानस्थलमै पार्टी प्रवेश कार्यक्रम गरेको छ। विमानस्थलको विशिष्ट कक्षमै पार्टी प्रवेश गराउनु उचित नभएको भन्दै आलोचना भएको छ। विमानस्थलका एक कर्मचारीले विशिष्ट कक्षको दुरूपयोग भएको बताए ।

अध्यक्ष ओली आएको अवसर पारी एमाले मोरङले जहदा ७ का वडाध्यक्ष सहित ५ जनालाई विमानस्थलमै पार्टी प्रवेश गराएको थियो।