ओलीको निर्देशन मान्दैनन आफ्नै सांसद
काठमाडौं– नेकपाका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माले बजेर र सरकारका विरुद्धमा नबोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएपनि नेकपाका सांसदले त्यसलाई मानेनन् ।
सत्तारुढ दलका सांसदहरुले जथाभावि बोल्दै हिँडेको भन्दै ओलीले नेकपाको संसदीय दलको बैठकमा त्यसो नगर्न सांसदहरुलाई निर्देशन दिएका थिए । तर त्यसको २४ घन्टा नवित्दै सत्तारुढ दलका सांसदले सरकारको आलोचना गरेका छन् ।
सरकार विधि र थिति अनुसार चलन नसकेको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गाबहादुर रावतले सरकार गम्भीर नभएको भन्दै यो सरकार कसको भन्दै प्रश्न गरे । उनले भने,‘“सवैतिर सरकारको विरोध छ । यो सरकार कसको हो ? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन् ? किन च्यापिरहेका छन् अहिलेसम्म काखमा ?”
उनले कम्युनिष्टे पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको आरोप लगाए ।
आफू कसैको भरिया नभएको भन्दै रावतले मन्त्रीहरुले आफ्ना जिल्लाहरुमा मात्र योजना पारेको गुनासो गरे ।