ओलीको नेतृत्वमा सरकार बनाउन आह्वान गर्ने एमालेको निर्णय - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ओलीको नेतृत्वमा सरकार बनाउन आह्वान गर्ने एमालेको निर्णय



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने भएको छ ।

एमालेले ओलीलाई प्रधानमन्त्री बनाउनका लागि आसन्न निर्वाचनमा बहुमत दिलाउन जनतालाई आह्वान गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

“अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन जनतामा बहुमतको आह्वान गर्ने निर्णय भएको छ,” ती केन्द्रीय सदस्यले भने ।