कांग्रेसको महाधिवेशनमा केपी ओलीको वाहवाही - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कांग्रेसको महाधिवेशनमा केपी ओलीको वाहवाही



काठमाडौं। मधेसमा भएका विभिन्न आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकूरले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको वाहवाही गरेका छन् । ठाकुरले कार्यक्रममै ओलीको तारिफ गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अतिथिका रूपमा आएका ठाकुरले ओली प्रधानमन्त्री छँदा १ सय ३९ जना जेलमुक्त भएका बताए। “केपी ओलीजीलाई धन्यवाद दिन चाहन्छु। १ सय ३९ जनालाई उहाँले मुक्त गर्नुभएको छ। तर, अझै पनि समस्या छँदै छ। कुनै पनि आन्दोलनलाई, क्रान्तिलाई दबाएर सम्बोधन हुँदैन,” ठाकुरले भने, “मधेश आन्दोलित हुँद ज्वालामुखीजस्तै बिस्फोट हुन्छ र २० औं लाख मानिस सडकमा उत्रन्छन्।”

अदालत स्वस्तन्त्र हुनुपर्ने भन्दै उनले जनताले पाउनुपर्ने न्याय पाउन नसकेका बताए। न्याय दिने ठाउँ आफैं विवादमा परेकाले सर्वोच्चले यो विवादको छिनोफानो गर्नुपर्ने उनले बताए। अरूले हस्तपक्षेप गर्न नहुने उनको भनाइ थियो। संविधानप्रति असन्तुष्टि जनाउँदै उनले भने, “तपाईंहरूलाई निवेदन गर्छु। हाम्रो असन्तुष्टि संविधानसँग छ। संविधान जारी भएकै बेलादेखि असन्तुष्टि छ।