प्रधानमन्त्रीको स्वास्थ्य: सिंगापुरमा उपचार हुँदादेखि नै सूचना लुकाइएको थियो - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

प्रधानमन्त्रीको स्वास्थ्य: सिंगापुरमा उपचार हुँदादेखि नै सूचना लुकाइएको थियो



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले गत साउन र भदौमा सिंगापुरस्थित नेसलन युनिभर्सिटी अस्पतालमा उपचार गराउँदा पनि सूचना लुकाएको पाइएको छ।

पहिलोपटक १८ साउनमा सिंगापुर गएका ओली उपचार गराएर १० दिनपछि फर्किएका थिए। त्यतिखेरै चिकित्सकहरूले थप दुई साता उपचार बस्न ओलीलाई सुझाएका थिए।

तर उनी चाँडै फलोअपमा आउने भनेर फर्किएका थिए। विमानस्थलमा प्रधानमन्त्री केही बोलेनन्। उनको सल्लाहकार मौन बस्यो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

प्रधानमन्त्री ५ भदौमा दोस्रोपटक सिंगापुर जानुभन्दा एक साताअघिसम्म पनि मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र नियमित काममा सक्रिय रहेको सूचना सामाजिक सञ्जालबाट सम्प्रेषण गरिरहेका थिए। जब कि, दोस्रोपटक सिंगापुर जाँदा ‘प्लाज्मा फेरेसिस’ गर्ने तय थियो।